प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८२-०३-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, विदुर नगरपालिका-१, ढुङ्गे चोक स्थित गल्छि त्रिसुली सडकखण्डमा ढुङगेतर्फबाट रसुवातर्फ जाँदै गरेको  ना ४ ख ४८४ नं. को बसले पैदल यात्री जिल्ला नुवाकोट  किस्पाङ गाउँपालिका-५, शान्तिबजार बस्ने वर्ष अन्दाजी ५४ की अम्बिका भट्टलाई ठक्कर दिई घाईते भई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौं ग्रीनसिटि अस्पताल पठाईएकोमा निजलाई चिकित्सकले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।