प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

हतियार, लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठाभित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा 7.65 MM Universal made in Italy 025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र ऐ.को गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र 8 mm लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र ला.औ.गाँजा २२ किलो ८०० ग्राम फेला परेको हुँदा उक्त लागुऔषध तथा हातहतियार बरामद गरी निज राजु स्याङ्तानलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई थप अनुन्धान कार्य भईरहेको । साथै निज राजु स्याङतानको घरबाट अ. ५०० मिटरको दुरीमाचन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, ऐ.मा लाग्ने गोली ५ राउण्ड र ला.औ.अफिम जस्तो देखिने पदार्थ २ पोकामा १ किलो ४८० ग्राम फेला परेकोले उक्त हातहतियार तथा ला.औ.बरामद गरी थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।