प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रम (हातेमालो) सम्पन्न ।

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाको आयोजना र सुरक्षा निकायहरूको समन्वय एवं सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी जलउद्धार संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री बहादुर सिंह लामा (तामाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मिति २०८२।०२।१६ गते देखी ऐ.२२ गते सम्म सञ्चालन भएको ७ दिने कार्यक्रम अन्तर्गत आज मिति २०८२।०२।२२ गते भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदि किनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्काउट समेतको जल उद्धार सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो । उक्त कार्यक्रममा माननीय मुख्य मन्त्रीज्यूबाट विपद् उद्धारमा योगदान पुर्याउनु हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला निकायहरूलाई कदर-पत्र प्रदान गर्नुको साथै कार्यक्रम स्थलमा राखिएको विपद् उद्धारमा प्रयोग हुने सामाग्रीहरूको समेत अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यू, मध्य पृतना हेडक्वाटर सुपारीटार हेटौंडाका उप-रथिज्यू, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू, जनप्रतिनिधि, संचारकर्मी, अस्पताल, स्काउट, नेपाल रेडक्रस, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।