प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

नुवाकोट, ककनि  गाउँपालिका-१, ओखरपौवा स्थित चेकपोईन्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको चेकिङ टोलीले चित्रे तर्फबाट काठमाडौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०१००६ख ४५७१ नं.को दुध बोकेको आईचर ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकको पछाडी २ वटा बोरामा प्लास्टिकले बेरेको अवस्थामा अन्दाजी ४ किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रकमा सवार हिलेखर्क-४ बस्ने वर्ष अन्दाजी ५५ कि कान्छी माया तामाङ र सोहि बस्ने वर्ष अन्दाजी ३९ कि सुनिता तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।