प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, स्थित सडक डिभिजन कार्यालय अगाडि पुर्व पश्चिम सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक हबल्दार बिजय अधिकारीको कमाण्डमा खटिएको मोटरसाईकल टोलीले नवलपुरबाट हेटौंडा बजार तर्फ जाँदै गरेको ना १३ प २१३६ नम्बरको मोटरसाईकल संकास्पद देखिएको कारण मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने वर्ष अन्दाजी २४ को विनय जिम्बालाई नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध Tramol 50 २०(बिस) ट्याबलेट फेला परेकोले निजलाई नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।