प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-३, करमथली स्थित बस्ने वर्ष अन्दाजी ५० की मैना तामाङ सोहि बजिनी टोल माईती दाई बम बहादुर तामाङको घरमा बस्दै आएकोमा सोहि बस्ने अम्मर बहादुर तामाङको अन्दाजी ५०० मिटर पश्चिम तर्फको बारीमा रहेको काफलको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१० किलोग्राम लागुऔषध गाँजा बरामद
२०८२-०२-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगन्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिन भित्र यात्रा गरी आईइरहेका जिल्ला मकवानपुर कैलाश गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी ४० की फुलमाया स्याङ्बोले बोकेको जेब्रा झोलामा अन्दाजी ५ किलो २०० ग्राम र सोही स्थान बस्ने वर्ष अन्दाजी ३० की निर्मला मोक्ताङले बोकेको खैरो रङको ब्यागबाट अन्दाजी ५ किलो १०० ग्राम लागुऔषध गाँजा गरी १० किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।