प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा एक महिला मृत फेला

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-७, स्थित कोलाछेटोलबाट इन्द्रेश्वर मन्दिर जाने बाटोको पार्कमा फलामको बेन्चमा हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ३६ की वेवारीसे महिला मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१० किलोग्राम लागुऔषध गाँजा बरामद
२०८२-०२-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगन्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिन भित्र यात्रा गरी आईइरहेका जिल्ला मकवानपुर कैलाश गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी ४० की फुलमाया स्याङ्बोले बोकेको जेब्रा झोलामा अन्दाजी ५ किलो २०० ग्राम र सोही स्थान बस्ने वर्ष अन्दाजी ३० की निर्मला मोक्ताङले बोकेको खैरो रङको ब्यागबाट अन्दाजी ५ किलो १०० ग्राम लागुऔषध गाँजा गरी १० किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।