प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८१-१२-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-९, बोगटी टोल बस्ने धर्मराज बोगटीको छोरा अन्दाजी वर्ष १४ को बिराज बोगटीले आफ्नै घरको काठको भर्याङमा प्लाष्टीकको नाम्लोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौरी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले विरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ००१९ नं. को यात्रु बाहक इभि गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, बस्ने वर्ष अन्दाजी २४ को राज श्रेष्ठ माथि शंका लागी निजको शरिर चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा रहेको बेल्ट लुप्पिमा प्वाल पारी दुइ वटा प्लाष्टिकको प्याकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ७ ग्राम फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।