प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-११-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-०३ लेवट स्थित प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम सडक खण्डमा चितवन तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बा ४ ख. ३९३५ नम्बरको यात्रु बाहक बसलाई शंका लागि रोकि चेकजाँच गर्ने क्रममा बसको पछाडी सिटमा सवार जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-०३ बस्ने अन्दाजी ४० वर्षीय दिपक ओझाको साथमा रहेको र गाडीमा राखेको २ वटा कालो झोलामा प्लाष्ट्रिकले बेरि राखिएको २ पोका लागुऔषध गाँजा तौल गर्दा ११ के.जी. ४२० ग्राम सहित निज मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ । 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।