प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिल बिजक नभएको सामान नियन्त्रणमा

२०८१-१०-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटबाट खटिएको प्रहरी टोलिले पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको WB 49 N 2080 नम्बरको भारतिय बस र बा.प्र.०३-००१ ज ०८४० नम्बरको ईभि गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडीहरुको छतमा लुकाई छिपाई ल्याएको बिल बिजक नभएको क्रमशः प्लाष्टिकको फुल २ बोरा अन्दाजी मुल्य रु. २०,०००।-(बीस हजार) र बिडी ६२ प्याकेट अन्दाजी मुल्य रु. १२,४००।-(बाह्र हजार चार सय) गरी जम्मा अन्दाजी मुल्य रु. ३२,४००।-(बत्तिस हजार चार सय) सामानहरू बरामद गरिएको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।