प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-०९-२१

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६ आदमघाटबजार स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउँने गजुरी गाउँपालिका-४ भिरकोट बस्ने १९ वर्षीय प्रकाश प्रजा र सोहि बस्ने १९ वर्षीय बिक्रम प्रजा रहेका छन् । निजहरुलाई अस्थायी प्रहरी पोष्ट आदमघाट धादिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोली र शसस्त्र प्रहरी बल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले निजहरु माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको जेब्रा झोला र पछाडी भिर्ने झोलाभित्र अन्दाजी १०KG गाँजा फेला पारेको थियो । लागुऔषध गाँजा सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।