प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०९-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर बकैया गाउँपालिका-७ रानिदमार बस्ने दिपक अम्मगाईको श्रीमती वर्ष अन्दाजी ३० की बिनिता अम्गाइ आफ्नै घरको तल्लो तलामा रहेको सिलिङ पङखामा मोटरसाइकलमा सामान बाँध्न प्रयोग हुने रबरको डोरीको पासो गलाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।