लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८१-०८-३०
- A
- A-
- A+
चितवन रत्ननगर नगरपालिका-१० निपनी चोक स्थित इलाका प्रहरी कार्यालयबाट
खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला चितवन रत्ननगर नगरपालिका-१० बस्ने वर्ष
४६ को सरद लम्साललाई चेक जाँच गर्ने क्रममा निजको साथबाट २ के.जी. ८६४ ग्राम लागूऔषध
गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको
छ ।