प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-२१ रामचोक नजिक पल्टिङमा प्रतिबन्धित औषधी बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, गीतानगर चितनवबाट टोली खटी गई जिल्ला चितवन भरतपुर महानगरपालिका-२४ नयाँबस्ती बस्ने वर्ष ३५ को सुकमान घलान र निजको भाई वर्ष ३१ को आरुष घलानलाई नियन्त्रणमा लिई निजहरुको घरमा गई खानतलासी गर्दा ट्रामाडोल:-१०,२३९ क्याप्सुल र स्टेवान २५:-७०९ ट्यावलेट प्रतिबन्धित औषधी फेला परेको छ । उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।