प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा भन्सार छलीको सामान बरामद गरिएको

२०८१-०७-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-७, खुर्कोट चेकपोष्ट स्थित वि.पि.राजमार्गमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले वि.वि.राजमार्गमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट रामेछाप तर्फ आउँदै गरेको जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका-५, बस्ने वर्ष २९ को लेख बहादुर भुजेलले चलाई ल्याएको ना ७ ख ७३५७ नम्बरको ६ चक्के ट्रकलाई शंका लागि चेकजाँच गर्दा ट्रकको पछाडी लुकाई छिपाई ल्याएको अवस्थामा चिनी (प्रति बोरा ५० के.जी. लेखिएको) ६० बोरा, भुजा (प्रति बोरा ७ के.जी. लेखिएको) २१९ बोरा, भुजा (प्रति बोरा ९ के.जी. लेखिएको) १३४ बोरा फेला परेको । उक्त सामानहरुको विल नभएकोले ट्रक, ट्रक चालक र उल्लेखित सामानहरु  इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई  आवश्यक अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।