प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०६-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२०, चनौली बजार स्थित इलाका प्रहरी कार्यलय चनौलीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले गोप्य सूचनाको आधारमा संकास्पत लागी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका-२६, ज्योतिनगर बस्ने वर्ष २३ को सन्तोष राई र सोहि बस्ने वर्ष २५ को नबिन वि.क.को साथबाट ट्रामाडोल ३०० पिस र १ थान Redmi फोन सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी यस कार्यालयमा ल्याई राखेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।