प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८१-०५-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित कोशिस पेट्रोल पम्प नजिक पूर्व पश्चिम सडकखण्डमा नवलपरासी बाट झापाको लागी सिमेन्ट लोड लिई जाँदै गरेको बा.प्र.०३-००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरी तर्फ आउँदै गरेको बा.प्र.०२-०२२ प २५०२ नम्बरको २०० CC को पल्सर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ लामसुरे बस्ने गोबिन्द सुवेदीको छोरा वर्ष अन्दाजी २५ को अभिषेक सुवेदी गम्भिर घाईते भई उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको । 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।