प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०७

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-२, खेरबारिया टोल स्थित प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डको टोलीले बिशेष सुचनाको आधारमा सोहि बस्ने वर्ष २६ को बिशाल तामाङको घरमा चेकजाँच गर्ने क्रममा निजको घरबाट एनारगन ३७९ (क्याप्सुल) र ट्रामाडोल ३८० (क्याप्सुल) सहित निज बिशाल तामाङ, सोहि बस्ने वर्ष २८ को अनोज तामाङ र जिल्ला चितवन रत्ननगर नगरपालिका-१३, बस्ने वर्ष २५ को सन्जय लामालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी पठाईएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।