प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पहिरोले यात्रु सहित बस बगाइ बाटो अवरोध भएको ।

२०८१-०३-२८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौर तर्फ जाँदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको भन्ने खबर प्राप्त हुना साथ,उक्त स्थानमा जि.प्र.का. चितवनबाट प्र.उ.,प्र.ना.उ. श्रीराम भण्डारी,जि.ट्रा.प्र.का.बाट प्र.नि., इप्रका मुग्लिनबाट प्र.नि. र प्र.चौ.जुगेडीबाट प्रसनिको कमाण्डमा गरी जम्मा ७५ जनाको टोली खटी गई खो.त.कार्य भई रहेको,पहिरोको कारण बाटो दुबै तर्फ अबरोध भएको,उक्त स्थान यस का.बाट ११ कि.मि.दक्षिण पर्ने बिबि पछी ।

थप टिपोटः- ऐ. ०६:३० बजे भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल स्थित पहिरो पन्छाई बाटो एकतर्फी सुचारु भएको ।

 थप टिपोटः-बिपद ब्यबस्थापन शिक्षालय कुरिन्टारबाट गोताखोरको स.प्र.नि.धन कुमार अधिकारीको कमाण्डमा १५ जनाको टोली ऐ.०८:३० बजेको समयमा घट्ना स्थल सिमलतालमा पुगी स्थलगत अनुगमन भई रहेको ।

नोटः- काठमाण्डौंबाट गौर चल्ने गणपती लेखेको बसको गाडी धनी राकेश जैसवाल(9816107753) सह चालक (9821862977), बागमती प्रदेश०३- ००१ख २४९५ भनी जानकारी गराएको, उक्त बसमा  चालक दल बाहेक २७ जना सवार रहेको भन्ने बुझिन आएको ।

थप टिपोटः- बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरो बसमा सवार बसका यात्रीहरूः-

१.भारत घर भएका अन्सारी जी सहित २ जना  ।

२.भारत घर भएका सन्तोष ठाकुर ।

३. भारत घर भएका सुरेन्द्र साह ।

४.भारत घर भएका आदित मिया ।

५.भारत घर भएका सुनिल साह ।

६.भारत घर भएका साहनबाज आलम ।

१.बिरगन्ज म.न.पा.१४ पिपरा घर भएका प्रकाश पटेल सहित- २ जना  ।

२. वतन नखुलेको अरबिन्द्र दुबे ।

३. वतन नखुलेको हरिन्द्र पण्डित

४. रामनगरी पर्सा घर भएका सुजित जी सहित २ जना ।

५.मुसहर्वा बारा बस्ने परमानन्द जी   ।

६.रंगपुर पर्सा घर भएका हृदय नारायण राउत, सहित ३ जना ।

७.रघुनाथपुर  घर भएका सालिम मिया सहित २ जना ।

८.पुर्वारी कटिया पर्सा घर भएका रैजुल आलाम सहित  २ जना  ।

९. बस चालक जवाहिर महत्तो,बिरगन्ज बस्ने ।

१०.बस साहुं राजेन्द्र के.सी ।

११.नाम नखुलेको सह चालक चौधरी ।

काठमाण्डौ देखि गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बागमती प्रदेश०३- ००१ख २४९५ बसमा सवार ३ जना ब्यक्तिहरु गाडीबाट हामफाली सकुशुल नदीबाट बाहरि निस्की सामान्य घाईते भई उपचारको लागि भरतपुर तर्फ आएको ।

१.जिल्ला रौतहट देवाहि गोनाहि  नगरपालिका एक बस्ने बस्ने वर्ष ३० को नन्द दास सामान्य,नयां मेडिकल कलेजमा उपचार भई रहेको,

२.जिल्ला रौतहट राजदेबि नगरपालिका ९ बस्ने वर्ष ४५ को जोगेश्वर राई यादव,नयां मेडिकल कलेजमा उपचार भई रहेको ।

३.जिल्ला रौतहट गढिमाई नगरपालिका ३ बस्ने वर्ष २६ को सुरज गुप्ता, सामान्य सरकारीमा अस्पतालमा उपचार पश्चात डिस्चार्ज  भई गएको ।

सम्बन्धित समाचार