प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०३-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, जुगेडी स्थित चेक पोष्टमा प्रहरी चौकी जुगेडीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको लु ७० प ८२३२ नम्बरको बुलेट मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकलको पछाडी सवार जिल्ला रुपन्देही, सिद्धार्थ नगरपालिका-८ बस्ने २६ वर्षीय राजेश शाहले पछाडी भिरेको कालो झोलामा ३ पोका अन्दाजी २ किलोग्राम लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । मोटरसाईकल लिई मोटरसाईकल चालक फरार रहेको र निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।