प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाजा सहित मानिस नियन्त्रणमा

२०७८-०९-०२

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-२ ताल्ती स्थित बिशेष सूचना को आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ३५ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी ताल्तीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले मकवानपुरबाट भित्री बाटो हुदै मलेखु तर्फ पैदल आउँदै गरेको निज कृष्ण बहादुर तामाङलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको जेब्रा झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ के.जी. फेला पारी निजलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।