प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०३-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी स्थितमा अबैध लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट टोली खटी गई उक्त स्थानमा रहेको थोले ब्लोनको गोठमा खानतलासी गर्दा सुति रहेको अवस्थामा जिल्ला उदयपुर कटारी नगरपालिका-६ घर भई हाल हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने वर्ष ४६ को कुमार पाख्रिन र बोरा तथा फलामको ड्रममा लुकाई-छिपाई राखेको अवस्थामा अन्दाजी ६१५.९३ के.जि. लागुऔषध गाँजा फेला पारी निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।