प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेण्ट लागि मृत्यु

२०७८-०८-२७

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौति नगरपालिका-५ चौकोट स्थित करेण्ट लागि एक मानिसको मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने ४० वर्षीय केदार पुतुवार रहेका छन् । घट्ना सोहि बस्ने २६ वर्षीय कबि नेपाली को घर अगाडि रहेको फलामको बिजुलीको पोल ढल्न गई निज कबि नेपालीले मृतक केदार पुतुवार लाई बोलाई दुबै जना मिलि उक्त बिजुलीको पोल उठाउने क्रममा नजिकै रहेको ११००० भोल्ट को तार मा छुन गई दुबै जना लाई करेण्ट लागेको थियो । करेण्ट लागि घाईते भएका निजहरुको उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले केदार पुतुवार लाई मृत घोषणा गरेको थियो । घाईते भएका कबि नेपालीको दाहिने हातखुट्टा नचल्ने अवस्था भएको छ ।

घट्ना बारे प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार