प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०१-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ५ ख ५२६७  नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त  बसमा  सवार यात्रु  जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने वर्ष अन्दाजी ४० को पाल्साङ मुक्तानलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको कालो झोला भित्र अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला पारीएको छ । निजलाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।