प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बसले ठक्कर दिई एकको मृत्यु

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

चितवन राप्ती नगरपालिका-२ गड्यौली स्थित पुर्व पस्चिम सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको (चतरा सुनसरी तिर्थयात्रा गएर आएको) बागमती प्रदेश ०३-००१ ख २७५३ नम्बर बसमा सवार यात्री वर्ष ६० की निमा कुमारी रिजाल सोही बसबाट झर्ने क्रममा सोही बसले ठक्कर दिंदा गम्भिर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।  बस र चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ बस्ने वर्ष ४१ को कृष्ण सापकोटा प्रहरीको नियन्त्रणमा रहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।