प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा सवारी दुर्घटना हुँदा ७ को मृत्यु

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

धादिङ गजुरी गाउँपालिका-५, घांटबेशि स्थित पृथ्वीलोकमार्गमा लुम्बिनीबिलोकमार्गमा कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु २ ख २१२१ नं.को ५१ जना यात्रु सवार बस अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुली नदिमा खस्दा ७ जनाको मृत्यु भएको र ४४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको छ ।

मृतकहरू

१) जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका-२, बस्ने वर्ष ३४ कि रोमी श्रेष्ठ ।

२) जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१०, बस्ने वर्ष ५५ को बेखा पुटुवार ।

३) जिल्ल रुपन्देही मायादेवी गाउँपालिकार-४, बस्ने वर्ष ३५ को नासिर अलि  ।

४) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-९, बस्ने वर्ष ३५ को जोगिन्दर यादव ।

५) जिल्ला कपिलवस्तु सुद्धोधन गागरपालिका-८,  बस्ने वर्ष २६ को महेन्द्र चौधरी ।

६) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-३, बस्ने वर्ष २१ को किशोर राम कलवार ।

७) जिल्ला रुपन्देही कोटईमाई गाउँपालिका-२, बस्ने वर्ष ३४ को सराजुद्दिन मुसलमान ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।