प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६२० किलो ४४ ग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय, धादिङबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट सर्लाही तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको टाटा मिनि ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मिनि ट्रकमा कबाडीको सामान भित्र लुकाई छिपाई राखेको ६२० किलो ४४  ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।