प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६२० किलो ४४ ग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय, धादिङबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट सर्लाही तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको टाटा मिनि ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मिनि ट्रकमा कबाडीको सामान भित्र लुकाई छिपाई राखेको ६२० किलो ४४  ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।