प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैसे चेक पोष्ट  स्थित त्रिभुवन राजपथ सडक खण्डमा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना.८ ख ३५६१ न.को यात्रु बाहक बसलाई यस.चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकीङ टोलीले चेकजाँच गर्दा बसमा सवार जिल्ला मकवानपुर थाहा नगरपालिका-८, देवीथान बस्ने वर्ष अन्दाजी १५ को तेज बहादुर कालिराजले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस जस्तो देखिने अन्दाजी २० किलो फेला परेको थियो । लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहेको छ ।


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।