प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट मानिस मृत्यु

२०८०-११-०१

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-८, तेर्सेडाँडा स्थित जिल्ला धादिङ, थाक्रे गाउँपालिका-११, हलदुम बस्ने ५५ वर्षीया भगवती रेग्मी सालको पात टिप्न गएको अवस्थामा रूखबाट सालको पात भुईमा झारी जम्मा गर्ने क्रममा एक्कासी सुकेको पातबाट आगो सल्किन गई निजको शरीर ६५ प्रतिशत भाग जली उपचारको लागी सोही दिन काठमाण्डौं किर्तिपुर अस्पताल लगी उपचार भईरहेकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।