प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लास फेला

२०७८-०८-१३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-६ स्थित रहेको सुनकोशी नदीको किनारमा मानिस मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुने मानिस सोहि गाउँपालिका-६ अँधेरी बस्ने ८६ वर्षीय कृष्ण गोपाल श्रेष्ठ रहेका छन् । निज बिहान घरबाट निस्की हिडेकोमा अबेला सम्म घर नआए पछी निजको छोरा तथा आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा निज सोहि स्थित रहेको सुनकोशी नदीको किनारमा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

यस सम्बन्धमा घट्नास्थल मुचुल्का कार्य सहित प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।