प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-७ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८, पुलबजार स्थित डेरा गरी बस्ने २५ वर्षीया अस्मिता गुरुङ आफ्नै कोठाको झ्यालको रेलीङमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको श्रीमानले देखी तत्काल पासो काटी उपचारको लागी सिरमेमोरीयल अस्पताल लगेकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 


सिन्धुली, मरीण गाउँपालिका-१, सुंगुरे बस्ने अन्दाजी ३६ वर्षीय खुन बहादुर ठाडामगर आफ्नै घरको काठको बलोमा नाम्लोको डोरी पासो लगाई झुण्डिएको अवस्थामा मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सिन्धुली, तिनपाटन गाउँपालिका-७, तोश्रामखोला बस्ने अन्दाजी २६ वर्षीया मैया परियार माटो ढुङ्गाले बनेको जस्ताको छानो भएको २ तल्ले कच्ची आफ्नै घरको काठको कोरामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


चितवन, भरतपुर महानगरपालिका-७, अमरमार्ग स्थितमा अण्डरग्राउण्ड बिद्युतको साईड म्यानेजरको रूपमा कार्यरत जिल्ला नुवाकोट स्थायी घर भएका २३ वर्षीय पुकार कडेलले आफु सुत्ने कोठाको पङ्खामा गलबन्दीको पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।