प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८०-०९-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१२, मिलनचोक स्थित भरतपुरबाट टांडी तर्फ जाँदै गरेको बागमती प्रदेश०३-००१.ज.४५८ नम्बरको ईलेक्ट्रिक भ्यानले पैदल यात्री जिल्ला कास्की पोखरा महानगरपालिका-१, सिमपानी घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-११, घोल बजार बस्ने वर्ष ६१ को गणेश थापा मगर लाई ठक्कर दिंदा गम्भिर घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, घर भई हेटौंडा उपमहानगरपालिका-१०, स्थित आनन्द टोल स्थित श्री दवाडीको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २८ को संजिब राज थिङको कोठामा लागुऔषध कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई हेर्दा कोठा भित्र रहेको टि-टेबल माथी प्लाष्टिकको पुरिया बनाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १४ ग्राम ५२० मिलिग्राम फेला परेको । निज संजिव राज थिङ र कोठामा संगै रहेको हेटौंडा उपमहानगरपालिका-१४, बस्ने वर्ष अन्दाजी २२ की मनिषा थिङलाई लागुऔषध खैरो हिरोईन, नेपाली नगद रु.३१,०००।, डिजिटल तराजु थान १ र कोठा बाहिर रोकी राखेको निजहरुले प्रयोग गरेको बा ७३ प ५४९३ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ल प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई गरिहेको ।