प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८०-०८-१४

  • A
  • A-
  • A+
Share

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मूल नाराको साथ मंसिर ९ गते देखि मंसिर २४ गते सम्म संचालन भईरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख किरण राणाज्यूको प्रमुख आतिथ्यतामा सरोकारवाला निकायहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूबाट बागमती प्रदेश मातहत जिल्लाहरूमा भएको लैङ्गिक हिंसाको अवस्था, चुनौती लगायतको विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लैङगिक हिंसासंग सम्वन्धित विषयहरूमा पत्रकारज्यूहरू, विभिन्न सरोकारवाला संघ सस्थाका पदाधिकारीज्यूहरू, स्थानीय जनप्रतिनिधिज्यूहरूबाट उठेका जिज्ञासा, विषयवस्तुहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट सम्वोदन गर्नु भएको थियो ।

 बागमती प्रदेश प्रहरी प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, पत्रकारज्यूहरु, गैह्र सरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्षज्यू, स्थानीय जनप्रतिनिधिज्यूहरु, सामुदायिक केन्द्रका पदाधिकारीज्यूहरु, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका प्रतिनिधीज्यू लगायत विभिन्न सरोकारवाला संघ संस्थाका पदाधिकारीज्यूहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेत गरी जम्मा ७२ जनाको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।