प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०७-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ बस्तिपुर स्थितमा डेरा गरी बस्ने वर्ष २१ को सन्तेन लामाले डेरामा लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी लेवर्टबाट टोली खटी गई चेक जाँच गर्दा लुकाई छिपाई राखेको स्टेगन ४७ पत्ता १७ ट्याब्लेट (४८७ ट्याब्लेट),  १४ पत्ता २ ट्याब्लेट (१४२ ट्याब्लेट), नगद रू १५,२००(पन्ध्र हजार दुई सय) र एक थान मोवाईल फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिईएको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।