प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित ईलाका प्रहरी कार्यालय गौरीशंकर, दोलखाको भवन समुद्घााटन

२०८०-०७-१६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित ईलाका प्रहरी कार्यालय गौरीशंकर, दोलखाको कार्यालय भवन समुद्‍घाटन भएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री ध्रुव गैडाज्यूको प्रमुख आतिथ्यतामा नव-निर्मित कार्यालय भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष श्री विश्वास कार्कीज्यू, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री टुवराज पोखरेलज्यू ,बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यू, विगु गाँउपालिकाका उपाध्यक्ष श्री देविका थामीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री ईश्वर थापाज्यू, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक श्री दिपक खड्काज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवज्यूबाट सम्मान स्वरुपप्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।नेपाल 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०८-१४

मकवानपुर, थाहा नगरपालिका-६ बज्रबाराहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट, स्पास्मो १४ ट्याब्लेट, स्टेगन १० पिस र नगद १४ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-१ ओखरगाउँ बस्ने २४ वर्षीय सुजन प्रधान र सोही नगरपालिका-१ कट्टी बगल बस्ने २४ वर्षीय अशोक तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०११ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल आचार्य र सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय किरण कार्की रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले बस्तीपुरबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३-०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।