प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी सेवामा रहेका कुकुरहरू ( K-9) सेवा निवृत्त “9 years of service, Today We retired”

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको  SHERE तथा  German shepherd जातका TIGER  र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त भएका छन् ।  जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १२०० पटक लागू औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७०० पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।