प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे कपडा नियन्त्रणमा

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५, रातोमाटे चेकप्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाडौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख५०४१ नम्बरको यात्रुवाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको दाहिने साईडको डिक्कीमा लुकाई छिपाई गरी राखेको अवस्थामा कुर्था सुरुवाल-१३३ थान,बनारसी साडी-१५ थान गरी अं.मुल्य रु.१,६३,०००।–(एक लाख तिरसठ्ठी हजार) बराबरको अवैध भन्सार छली चोरी गरी ल्याएको बेवारिसे कपडा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।