प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१९, नेवारपानी स्थित कार्यालय अगाडी पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले मनहरी बाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च २५२५ नं.को योद्धा पिकअप गाडी रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ४१ किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध गाँजा सहित जिल्ला बारा उपमहानगरपालिका ११ बस्ने वर्ष २७ को नारायण शाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।