प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपा-१५, रातोमाटे चेकपोष्ट  स्थित पूर्वपश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नाराणघाटबाट बिरगंजतर्फ जादै गरेको ना.८ ख ७३४६ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका घर बताउने वर्ष अन्दाजी २२ की नानु घलानले बोकेको  ब्यागभित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला पारी निजलाई नियन्त्रणमा लिईएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर मनहरी गाउँपालिका-५, दरदरा बस्ने वर्ष अन्दाजी ३६ को राम सिंह वाईबाको घरमा लागुऔषध रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, नेवारपानी मकवानपुरबाट टोली खटि गई निज सुत्ने कोठामा चेकजाँच गर्दा लागुऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ अन्दाजी १ kg, नाईट्राभेट ट्याब्लेट १० पत्ता (१५० पिस) फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, घर भई हेटौंडा उपमहानगरपालिका-१०, स्थित आनन्द टोल स्थित श्री दवाडीको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २८ को संजिब राज थिङको कोठामा लागुऔषध कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई हेर्दा कोठा भित्र रहेको टि-टेबल माथी प्लाष्टिकको पुरिया बनाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १४ ग्राम ५२० मिलिग्राम फेला परेको । निज संजिव राज थिङ र कोठामा संगै रहेको हेटौंडा उपमहानगरपालिका-१४, बस्ने वर्ष अन्दाजी २२ की मनिषा थिङलाई लागुऔषध खैरो हिरोईन, नेपाली नगद रु.३१,०००।, डिजिटल तराजु थान १ र कोठा बाहिर रोकी राखेको निजहरुले प्रयोग गरेको बा ७३ प ५४९३ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ल प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई गरिहेको ।