प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८०-०४-२५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवलाई विभिन्न कार्यक्रमहरु संचालन गरी मनाउने क्रममा आज बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख लगायत ९० जना सकल दर्जाका प्रहरी कर्मचारीहरुले वृक्षारोपण गर्नु भएको छ ।  वृक्षारोपण कार्यक्रममा अमला, अम्वा, कपुर, निम, कागती, भोगटेलगायत विभिन्न प्रजातीका १२० वटा बिरुवाहरु रोपिएको छ ।


सम्बन्धित समाचार
३८ ग्राम लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
२०८३-०५-२०

जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३, डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन् । खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला पारेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

रसुवा बाढी: हालसम्म ७४७ जनाको शव फेला
२०८३-०५-१९

रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रवार बिहान ०६:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ सय ४७ जनाको शव फेला परेको छ ।  जसमध्ये महिला १६० जना, बालिका २० जना, पुरुष २८३ जना, बालक ११ जना र नखुलेको २७३ जना रहेको मुचुल्ला गर्न बाँकी शवहरूको मुचुल्का कार्य भईरहेको । भेटिएका शवहरु मध्ये ५४ जनाको सनाखत भई सम्बन्धितलाई जिम्मा दिइसकिएको, हालसम्म  महिला १५१२ जान, पुरुष २७१३ जना  र घाईते अवस्थामा ८३ गरी कुल ४३०८ जना लाई उद्दार  गरि सुरक्षित स्थानमा राखिएको, सालसम्म मौखिक र लिखित रुपमा गरी ३२४० जनाले मानिस हराएको उजुरी प्राप्त भएको, पहिचान नभएको शवहरुको विवरण नेपाल प्रहरीको वेबसाईट अपलेड गरिएको, प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

खोलाले बगाई १ जना महिलाको मुत्यु
२०८३-०५-१९

मिति २०८३।०५।१८ गते अन्दाजी १९:२० बजेको समयमा जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०५ बोटबारी स्थितमा रहेको मनहरी खोलाले जिल्ला मकवानपुर कैलाश गाँउपालिका ७ डुम्बरे बस्ने बर्ष अन्दाजी ६० की कान्छि माँया चेपाङलाई (जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०३ आउले माईती घरबाट आफ्नो घर तर्फ जाने क्रममा) खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली खटि गई राक्सिराङ गाँउपालिकाको नगर प्रहरी संग समन्वय गरी खोजतलास गर्ने क्रममा मिती २०८३।०५।१९ गते अन्दाजी ०७:१० बजेको समयमा बगाई बेपत्ता भएकी महिलालाई बगाएको स्थान बाट अन्दाजी ५ कि.मि. तल जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ५ ठाडे स्थित मनहरी खोलामा मृत अबस्थामा फेला पारेको, मृतकको आफन्त घटनास्थलमा आईसकेको, थप अनुसन्धान तथा मुचुल्काको लागी (soco) सहितको प्रहरी टोलि पुगि आवस्यक अनुसन्धान कार्य भईरहेको ।

भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।