प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-१५

  • A
  • A-
  • A+
Share

चितवन, इच्छाकामना गाउँपालिका-४, डम्पिङ साइडमा बस्ने रेशम बहादुर चेपाङको छोरा वर्ष २० को दिपेन्द्र चेपाङ घर देखि ५०० मिटर पूर्व तर्फ रहेको खिर्राको रुखमा प्लास्टिकको डोरी पासो लगाइ झुन्डी मृत अवस्थामा फेला परको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, राप्ती नगरपालिका-११, मार्तल स्थित बस्ने वर्ष २२/२३ को जयराम प्रजा आफ्नै घर नजिकै रहेको कटहरको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, गल्छी गाउँपालिका-८, गोगनपानी बस्ने ईश्वरी बुढाथोकीको छोरा वर्ष अन्दाजी २०/२२ को आदित्य बुढाथोकीले आफ्नै घरको आफु सुत्ने कोठा भित्र रहेको बिममा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-३, बोल्दे बस्ने वर्ष ५८ को सानो कान्छा तामाङ घर देखि अन्दाजी ५०० मिटर उत्तर आफ्नै छोरीको घरको भुई तलामा रहेको काठको बलोमा नाईलनको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।