प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा करेन्ट लागी एकको मृत्यु

२०८०-०४-१३

  • A
  • A-
  • A+
Share

रसुवा, आमाछोदिङ्‍मो गाउँपालिका-१, हाकु स्थित माथिल्लो त्रिशुली जलबिद्युत आयोजना अन्तर्गत पर्ने ड्‍याम साईडमा बिजुलीको काम गर्ने जिल्ला उदयपुर, गढी गाउँपालिका-७ घर भएको अन्दाजी वर्ष ३०/३२ को भोज बहादुर खड्का शुरुङ भित्र बिजुलीको काम गर्ने क्रममा एक्‍कासी करेन्ट लागी घाईते भएकोमा निजको प्राथमिक उपचार स्थानिय मेडिकलमा गराए पश्‍चात थप उपचारको लागि सोही हाईड्रोको गाडीद्वारा स्टार अस्पताल नुवाकोटमा पुर्‍याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।