नवनिर्मित प्रहरी चौकी किराँतीछाप दोलखाको समुद्घाटन
२०८०-०४-१२
- A
- A-
- A+
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मीत
प्रहरी चौकी किराँतीछाप दोलखाको भौतिक संरचना समुद्घाटन गरिएको छ । आज आयोजित एक
कार्यक्रमका वीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून सचिव श्रीमान् ध्रुव
गैंडाज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको हो । उक्त समुद्घाटन
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रीमान् सचिवज्यूले प्रदेश प्रहरीको भौतिक
पुर्वाधार विकास लगायत प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रदेश मन्त्रालयबाट
आगामी दिनहरुमा सहयोगलाई थप वृद्धि गरिदै लैजाने कुरा बताउनु भयो । यसै
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश
प्रहरीको समग्र विकासमा प्रदेश सरकारबाट भएको सहयोगको लागि धन्यवाद दिदै आगामी
दिनमा यसै किसिमको सहयोग र सहकार्यमा जोड दिनुभयो । श्रीमान आन्तरिक मामिला तथा
कानून सचिवज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश
प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, दोलखा जिल्ला स्थितका
जनप्रतिनिधिहरू, जिल्ला सुरक्षा समिति दोलखाका पदाधिकारीहरू, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरू, समाजसेवी, भद्रभलाद्मी, संचारकर्मीहरू
लगायत प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।