प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट गाउँपालिका-५, बिशालटार स्थित पृथ्वी लोकमार्गमा ईलाका प्रहरी कार्यालय बेनिघाट अगाडी प्रहरी सहायक निरीक्षकको कमाणडमा खटिएको चेकिङ टोलिले  मलेखु बाट मुग्लिन तर्फ जाँदै गरेको ग १८ प ७११३ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा उक्त स्कुटरमा आर्मि रङ्गको झोलामा अन्दाजी ६ किलो गाँजा फेला परेको थियो ।  स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-२०, मालेपाटन बस्ने वर्ष २० को भुमिजङ खड्कालाई लागुऔषध गाँजा सहति नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।