प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-२, ठोसेबजार स्थित जिरीबाट ठोसे तर्फ सिमेन्ट लिई आउँदै गरेको ग २ ख ०१८७ नं.को टिपरले सोही दिसा तर्फ जाँदै गरेको बा.प्र.०२-०२१ प ०२२६ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला दोलखा जिरी नगरपालिका-८, बस्ने वर्ष २८ को मिलन खत्रिको निदार, बाँया घुडा मुनि र ढाँडमा चोट लागी घाईते भई उपचारको लागी जिरी अस्पतालमा लगीएकोमा सामान्य उपचार पस्चात थप उपचारको लागी काठमाण्डौ पठाईएकोमा बाटोमै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।