प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-२, ठोसेबजार स्थित जिरीबाट ठोसे तर्फ सिमेन्ट लिई आउँदै गरेको ग २ ख ०१८७ नं.को टिपरले सोही दिसा तर्फ जाँदै गरेको बा.प्र.०२-०२१ प ०२२६ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला दोलखा जिरी नगरपालिका-८, बस्ने वर्ष २८ को मिलन खत्रिको निदार, बाँया घुडा मुनि र ढाँडमा चोट लागी घाईते भई उपचारको लागी जिरी अस्पतालमा लगीएकोमा सामान्य उपचार पस्चात थप उपचारको लागी काठमाण्डौ पठाईएकोमा बाटोमै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।