प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरीको “एक प्रहरी एक विरुवा” अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको समुपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच यस कार्यालयको परिसरमा विभिन्न जातका १४७ वटा वोटविरूवाहरू वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रममा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागीता रहेको थियो । आगामी दिनहरूमा समेत यस कार्यालय तथा मातहतमा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।  

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।