प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँ बस्ती स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन बाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला रामेछाप रामेछाप नगरपालिका-८, घर भई हाल जिल्ला चितवन खैरेनी नगरपालिका-८ बस्ने वर्ष अन्दाजी ४५।५० को नर बहादुरक थापालाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितव लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको ।

 


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।