प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसायन मल सहित ट्रक नियन्त्रणमा

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-७, खुर्कोट चेकपोष्टमा खटिएको प्रहरी चेकिङ टोलिले बिराटनगरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना. ८ ख. २५४३ नं. को गाडिलाई चेकजाँच गर्ने क्रममा N.P.K.contry of origin India लेखिएको रसायन मल १७० बोरा फेला परेका थिए । चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका-१३, बस्ने वर्ष अन्दाजी ३२ को धावा दोर्जे तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।