प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

२०८०-०३-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ति डिपाट गाउँ स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडा तर्फबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भई दुबै ट्रकमा आगलागी हुदाँ ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन, राप्ती नगरपालिका-८ बस्ने अन्दाजी २७/२८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक जिल्ला गोरखा, गण्डकी गाउँपालिका-२, गोर्दीटार बस्ने अन्दाजी २०/२१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी १९/२० को अमृत प्रजा सवारी साधनमा च्यापिएर मृत भएको छ । अन्य घाईतेहरूको अवस्था मध्यम रहेको र यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।