प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

२०८०-०३-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ति डिपाट गाउँ स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडा तर्फबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भई दुबै ट्रकमा आगलागी हुदाँ ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन, राप्ती नगरपालिका-८ बस्ने अन्दाजी २७/२८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक जिल्ला गोरखा, गण्डकी गाउँपालिका-२, गोर्दीटार बस्ने अन्दाजी २०/२१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी १९/२० को अमृत प्रजा सवारी साधनमा च्यापिएर मृत भएको छ । अन्य घाईतेहरूको अवस्था मध्यम रहेको र यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।