प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पानीमा डुबी बालिकाको मृत्यु

२०८०-०३-१४

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-२, नयाँगाउँ बस्ने अन्दाजी वर्ष ३ की आशिका आचार्य घरबाट निस्केको अबेर सम्म घर नआएकोले निजको बुबाले खोजतलास गर्दै जाने क्रममा घरदेखि अन्दाजी ५० मिटर पूर्व जमिनमा गाडिराखेको १००० लिटरको हिलटेक पानीको ट्याङकीमा डुबिरहेको अवस्थामा निजको बुबाले फेला पारी उपचारको लागी शिर मेमोरीयल अस्पताल ल्याएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको  छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।